Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सिद्धार्थ डेभलपमेण्ट बैंकले नाम परिवर्तन नगर्ने  

२०७३ मंसिर २४ गते

siddharthसिद्धार्थ डेभलपमेण्ट बैंकको नाम परिवर्तन नहुने भएको छ । बैंकको १७ औँ वार्षिक साधारण सभाले बैंकको नाम परिवर्तन गर्ने प्रस्ताव अस्विकार गरेको हो । साधारणसभामा सञ्चालक समितिका तर्फबाट पेश गरिएको बैंकको नाम परिवर्तन गर्ने प्रस्ताव सेयर धनीको बहुमतले विफल भएको हो । सिद्धार्थ बैंकसँग मिल्दो जुल्दो नाम भएका कारण परिवर्तनका लागि प्रस्ताव पेश भएको थियो । सिद्धार्थ डेभलपमेण्ट बैंक सिद्धार्थ बैंकभन्दा पुरानो भएका कारण नाम परिवर्तन गर्न जरुरी नभएको सेयरधनीहरुले बताएका थिए ।