Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

खराब कर्जाका कारण बैंकहरुमा समस्या देखियोः देवेन्द्र रमण खनाल

२०८१ माघ १० गते

बैंकिङ खबर/ राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र रमण खनालले पछिल्लो समय बैंकहरुमा देखिएको खराब कर्जाका कारण समस्या देखिएको बताएका छन् ।

बैंकको ६० औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दे खनालले सो कुरा बताएका हुन् । विश्व अर्थतन्त्रमा केही शिथिलता देखिएको वर्तमान परिवेशमा नेपालको अर्थतन्त्रमा भने केही सुधारका संकेतहरू देखिन थालेको उनको भनाइ छ ।

वैदेशिक विप्रेषणको आप्रवाहमा आएको सुधारसँगै बैंकिङ क्षेत्रमा बढेको तरलताका कारण घटेको ब्याजदरले गर्दा समग्र व्यवसाय जगतले केही राहत महसुस गरेको उनले बताए ।

राजस्व असुलीमा क्रमशः आएको सुधार र सरकारी श्रोत परिचालनमा देखिएको सकारात्मक संकेत साथै बजारको आपत्ति प्रणालीमा ल्याइएको प्रभावकारिता, अनुगमन प्रणालीको प्रभावकारिता, सार्वजनिक विज्ञ एवं मौद्रिक नीतिले अवलम्बन गरेका औजारहरूको प्रयोगबाट अर्थतन्त्रको सुधारलाई सहयोग पुगेको खनालले बताए ।

अर्थतन्त्रको उत्थानका लागि नेपाल सरकारले अगाडी बढाएका नीतिगत सुधारका प्रयासहरूले पनि समग्र अर्थतन्त्रमा सकारात्मक आशा सञ्चार गराएको उनले बताए ।