
बैंकिङ खबर/ राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुन्दर पन्थी नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले पन्थीलाई चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो । मसिंर ६ गते सीईओको दरखास्त माग गर्दा आठ जनाले आवेदन दिएका थिए । सो मध्ये चार जना सर्टलिष्टमा परेका थिए ।
पन्थीसँगै महेश रिमाल, राजुनाथ खनाल र रामदेव यादव सर्टलिष्टमा परेका थिए । अन्य प्रतिस्पर्धीलाई पछि पार्दै पन्थी सीईओ बनेका हुन् । पूर्व बैंकर पन्थीले व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । उनले बैंकिङ क्षेत्रमा दुई दशक काम गरेका छन् । वि.सं २०६१ सालमा नेपाल बैंकको उपप्रबन्धक पदबाट करिअर सुरु गरेका उनले सोही बैंकमा २० वर्षसम्म काम गरे । नेपाल बैंकमा उपप्रबन्धक, प्रबन्धक, वरिष्ठ प्रबन्धक हुँदै मुख्य प्रबन्धक भएर काम गरेका थिए ।


