Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कर्जा असुली गर्न जाँदा दुर्व्यवहारको घटनाले थप चुनौती थपियोः बैंकर्स संघ

२०८१ माघ ८ गते

बैंकिङ खबर/ नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले कमजोर कर्जा प्रवाह र कर्जा असुली (रिकभरी) समस्याबीच पनि बैंकिङ क्षेत्र अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कोइरालाले भने, ‘बैंकको एनपिएल बढ्दै गएको छ। नकारात्मक वितरणयोग्य मुनाफा लिएर धेरै बैंकहरु हिँडिरहेका छन्। तरलता प्रयाप्त हुँदै गर्दा कर्जा विस्तार हुन सकेको छैन । कर्जा असुली राम्रोसँग हुन सकेको छैन भने रिकभरिमा जाँदा दुर्व्यवहार भइरहेको स्थिति छ। यद्यपि यी कठिनाइका बाबजुद बैंकिङ क्षेत्रलाई निरन्तर अगाडि बढाउनुपर्ने आवश्यकता छ।’

उनले कर्जा असुलीका लागि जाँदा कर्मचारी दुव्र्यवहारमा पर्ने गरेका कारण पनि बैंकहरुमा थप चुनौती थपिएको बताए । यद्यपि, यो समग्र चुनौतीका बाबजुद यस क्षेत्रलाई निरन्तर अगाडि बढाउनुको विकल्प नभएको उनको तर्क छ।

संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बजारमा लगानीकर्ताको मनोबल विस्तारै उकास्दै लैजान आवश्यक भएको बताए। कर्जा असुलीमा देखिएको समस्या र बैंकका कर्मचारीले भोग्नुपरेको समस्यालाई समाधान गर्न सरकारले काम गरिरहेको भए पनि त्यो पर्याप्त नभएको उनको भनाइ छ।