Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकहरुले विश्वास दिलाउन नसक्दा कर्जा प्रवाह बढ्न सकेनः धर्मनन्द श्रेष्ठ

२०८१ माघ ५ गते

बैंकिङ खबर/ नेपाल साना तथा मझौला व्यवसायी संघका व्यवसायी धर्मनन्द श्रेष्ठले पछिल्लो समय ऋण लिएर विदेश पलायन हुने स्थिति सिर्जना भएको बताएका छन् ।

मिडिया इन्टरनेशनल नेपालले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा श्रेष्ठले बैंकहरुको निष्कृय कर्जा २ खर्ब बढी रहेको र कर्जा समेत दिन नसक्ने अवस्थामा पुगेको बताए । उनले लगानी उत्पादनसँग जोडिएको पनि बताए । बैंकहरुले विश्वास दिलाउन नसक्दा कर्जा प्रवाह बढ्न नसकेको उनको भनाइ छ ।

उनले भने,‘बैंकहरुले नीति परिवर्तन गरेर ब्याज १०/२० प्रतिशतसम्म पुर्याउँछन् । विश्वास दिलाउनै अहिले १ करोड रुपैयाँ ऋण लिएर विदेश जाने स्थिति छ ।’ उनले नेपालको आर्थिक क्षेत्र चलायमान हुन नसकेको बताए । पैसालाई उत्पादनसँग जोड्न नसकिएको र बरु घर, गाडी किन्ने अवस्था रहेको उनले बताए ।

बैंकको नीतिको कारण छोटो समयमा कमाएर ऋण तिर्ने वातावरण नरहेको पनि उनले बताए । उनले सहकारी क्षेत्रमा बचतको सुरक्षा हुन नसकेको बताए । व्यापार र उद्योगलाई बैंकहरुले समान रुपमा राख्नुपर्ने उनले बताए । बैंकले हेर्ने नीति परिवर्तन खाँचो रहेको उनको भनाइ छ ।

उद्योगलाई चलायमान बनाउन राज्यले दिने सेवा सुविधा कस्तो मान्छेलाई दिने भन्नेमा विशेष ध्यान दिनुपर्ने उनले बताए । उनले भने, ‘सरकारले दिने अनुदान वास्तविक किसानले पाए कि पाएनन् । पाएनन् भने किन पाएनन् । त्यसमा ध्यान दिनुपर्ने देखिन्छ ।’

उनले पछिल्लो समय युवाहरु विदेशिरहेको भन्दै जेष्ठ नागरिक समेत जिविकोपार्जनका लागि विदश जानुपर्ने स्थिति नआउला भन्न नसकिने बताए । राज्यले उत्पादन र उत्पादन गर्नेलाई संरक्षण सम्वद्र्धन गर्नुपर्ने उनको भनाइ छ ।

नेपालमा उत्पादन र आत्मनिर्भरलाई ध्यान दिनुपर्ने उनको भनाइ छ । लगानीको योगदानको आधारमा अनुदान दिनुपर्ने उनले बताए । युवाहरुलाई देशमै काम गर्ने वातावरण बनाउनुपर्ने उनले बताए ।

बैंकको नीति व्यापार र उद्योगलाई समान रुपले हेर्दा समस्या उत्पन्न भएको उनले बताए । सरकारले देशमै लगानी गरेर पुँजी संरक्षण गर्ने वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।

नेपाल कृषिप्रधान देश भएपनि सरकारले किसानको आवाजलाई बेवास्ता गरेको उनको भनाइ छ । देशको समग्र अर्थतन्त्र नै रेमिट्यान्सले धानेको समेत उनले बताए ।