नेपाल इन्भेष्टमेन्ट बैंक सन् २०१६ को ‘बैंक अफ द इयर’ अवार्ड जितेको छ । बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सिलय टाइम्स लन्डनद्वारा प्रकाशित द बैंकर म्यागजिनको निर्णायक मण्डलले एनआइबीलाई यो बर्षको सर्बोत्कृष्ट नेपाली बैंक घोषणा गरेको हो । यो सहित इन्भेष्टमेन्ट बैंकले पाचौँ पटक ‘बैंक अफ द इयर’ अवार्ड जितेको हो । बिहिबार बिहान लन्डनमा आयोजित समारोहमा बैंक अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत ज्योती पाण्डेले अवार्ड लिएका छन् ।
पत्रिकाले १७ बर्ष देखि यस्तो अवार्ड वितरण गर्दै आएको हो ।


