Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सगरमाथा फाइनान्सको हकप्रद सेयर पुस ११ गतेदेखि

२०७३ मंसिर २३ गते

sagarmathaसगरमाथा फाइनान्स लिमिटेडको असी प्रतिशत हकप्रद सेयर पुस ११ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले १० बराबर ८ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरका २९ करोड ५४ लाख रुपैयाँ बराबरको २९ लाख ५४ हजार ३९० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

उक्त हकप्रद सेयरका लागि कम्पनीले मंसिर २४ गते सेयरधनी पुस्तिका बन्द गर्ने घोषणा गरिसकेको छ । जसअनुसार मंसिर २३ गतेसम्म कायम सेयरधनीले मात्रै उक्त हकप्रद भर्न पाउनेछन् । हकप्रद निष्काशन पुस १७ गते बन्द हुनेछ ।

फाइनान्सको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल मार्केट्स रहेको छ । सेयरधनीले एनआईबीएल क्यापिटल मार्केट्स र सगरमाथा फाइनान्सका शाखा कार्यलयहरुबाट हकप्रद सेयर आवेदन भर्न सकिने कम्पनीले जनाएको छ ।

हाल फाइनान्सको चुक्तापुँजी ३६ करोड ९२ लाख रुपैया रहेको छ । हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ६६ करोड ४७ लाख रुपैयाँ पुग्नेछ ।