Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कृषि विकास बैंकले यसरी पुर्याउँदैछ, आठ अर्ब चुक्ता पुँजी 

२०७३ मंसिर २२ गते

adblकृषि विकास बैंकले ०७४ असार मसान्तभित्र राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने भएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेपछि कतिपय बैंकहरु चुक्ता पुँजी पुर्याउन मर्जर वा एक्वायरमा गईरहेका छन् । तर न्यूनतम चुक्ता पुँजीका लागि अब कृषि विकास बैंकले कुनै अर्को संस्थासँग मर्जर नगर्ने भएको छ । दुई पटक २०/२० प्रतिशत बोनस जारी गरेर चुक्तापुँजी आठ अर्ब पुर्याउने योजना रहेको बैंकका सीईओ लिलाप्रकाश सिटौलाले बताएका छन् । 

बोनसपछि चुक्ता पुँजी पुग्ने 
हालै तीन अर्ब ९३ करोड ९६ लाख रुपैयाँ चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गरेर ५ अर्ब ९० करोड ६४ लाख रुपैयाँ पुँजी पुर्याएको कृषि विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर दिँदैछ । जसपश्चात् बैंकको पुँजी सात अर्ब नाघ्नेछ । उक्त पुँजीबाट पुनः २० प्रतिशत जारी गरेर चुक्तापुँजी आठ अर्ब नघाउने बैंकको योजना छ ।