
बैंकिङ खबर/नागरिक लगानी कोषका सेयरधनीले १३ प्रतिशत लाभांश पाउने भएका छन्। कोषले आगामी अर्थ मन्त्रालयले सहमति दिएपछि वार्षिक साधारणसभाबाट स्वीकृत भएमा वितरण गर्ने गरी यससम्बन्धी प्रस्ताव गरेको हो।
यसअनुसार सेयरधनीले ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश पाउनेछन्। पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को आम्दानी बाँडफाँट हिसाब विवरणबाट कोषका सेयरधनीलाई लाभांशसम्बन्धी प्रस्ताव गरेको हो।


