Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान सुरु

२०८१ पुष १ गते

बैंकिङ खबर/ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितको पुनर्जागरण अभियान सुरु गरेको छ ।

उक्त पुनर्जागरण अभियान यही पुष १ गते देखी २४ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमा लेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ । कुनै पनि बीमालेख व्यतीत रहँदा बितिमले रक्षा वरण गुमाउनुका साथै विलम्ब शुल्क पनि बेहोर्न पर्ने हुनाले यो सुनौलो मौकाको फाइदा लिई बिमा लेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।

हरेक नेपालीलाई बिमाको दायरा भित्र ल्याई बिमित र बिमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बिमा अनिवार्य रहेको छ ।