Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

खुल्यो नागबेली लघुवित्तको एक लाख २५ हजार कित्ता हकप्रद सेयर 

२०७३ मंसिर २० गते

nagbeliनागवेली लघुवित्त विकास बैंक लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन खुला गरेको छ । बैंकले १०० रुपैयाँ अंकित दरका १ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । सोमबार (मंसिर २० गते) बाट निष्काशन खुला गरिएको सेयरमा पुस २४ गतेसम्म आवेदन दिन सकिने बताइएको छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । बैंकले चुक्ता पूँजी वृद्धिका लागि हकप्रद बितरण गर्न लागेको हो । उक्त हकप्रदको अन्तिम म्याद पुस २४ गतेसम्म मात्र रहेको छ । नागवेली लघुवित्तको हाल २ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजीमा हकप्रद निष्काशन पछि पूँजी ३ करोड ७५ लाख रुपैयाँ पुग्नेछ ।