Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

महुली लघुवित्तलाई एफपीओ जारी गर्ने अनुमति

२०८१ मंसिर १८ गते

बैंकिङ खबर/ महुली लघुवित्त वित्तीय संस्थाले एफजीओ जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले सोमबार (मंसिर १७ गते) संस्थालाई पत्र पठाउँदै एफजीओ जारी गर्न स्वीकृति प्रदान गरिएको जानकारी गराएको हो।

धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ सर्वसाधारणलाई जारी गर्नेछ। महुली लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।