२०८१ मंसिर १६ गते

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा

बैंकिङ खबर/ लक्ष्मी सनराइज बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८०/८१ का ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांशको घोषणा गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वकीृत भएपश्चात् आगामी वार्षिक साधारण सभाबाट पारित गरी वितरण हुनेछ ।