Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बोर्ड अध्यक्षको पहिलो निर्णय : एभरेस्ट बैंकलाई ऋणपत्र निष्कासनको अनुमति

२०८१ मंसिर १२ गते

बैंकिङ खबर/ कार्यभार सम्हाले लगत्तै धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले एभरेस्ट बैंकलाई ऋणपत्र निष्कासनको अनुमति दिएका छन् । श्रेष्ठले एभरेस्ट बैंकको १२ लाख कित्ता ऋणपत्र निष्कासन गर्न स्वीकृति दिएका हुन् ।

एभरेस्ट बैंकले गएको असारमा ऋणपत्र निष्कासनका लागि अनुमति माग गरेको थियो । तर अध्यक्ष नहुँदा उक्त प्रक्रिया थन्किएको थियो । निमित्त अध्यक्षको जिम्मेवारी पाएका अर्थ मन्त्रालयका सहसचिव महेश बरालले यस्ता निर्णयमा हस्ताक्षर गरेका थिएनन् ।

अब एभरेस्ट बैंकले १० वर्षे अवधिका लागि ७।५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्नेछ । यसका लागि बैंकले लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।