Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

रोकिएका आइपीओहरु धमाधम आउँछन्ः अध्यक्ष श्रेष्ठ

२०८१ मंसिर १२ गते

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्ड (सेवोन) का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बुधबार कार्यभार सम्हालेका छन् ।

मंगलबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट पद तथा गोपनियताको सपथ लिएसँगै बुधबार बिहान कार्यालय पुगेर उनले कार्यभार सम्हालेका हुन् ।

उनले सेवोन लामो समयदेखि अध्यक्ष विहीन रहेको भन्दै आफूँ आएपछि रोकिएको आइपीओ खुला गर्नेदेखि बाँकी रहेका सम्पूर्ण काम पूरा गर्ने प्रतिवद्धता व्यक्ति गरे ।

श्रेष्ठलाई सोमबार बसेका मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको थियो ।