Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठद्वारा शपथ

२०८१ मंसिर ११ गते

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

मंगलबार साँझ अर्थमन्त्रालयमा नवनियुक्त अध्यक्ष श्रेष्ठले अर्थमन्त्री विष्णु पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको थियो । शपथ ग्रहण गर्दै श्रेष्ठले आफ्नो ज्ञान र विवेकले भ्याएसम्म इमान र कर्तव्यमा रही बफादार भएर काम गर्ने बताए ।