Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा दुई कम्पनीको शेयर सूचीकृत

२०८१ मंसिर ११ गते

बैंकिङ खबर/ नेप्सेमा दुई कम्पनीको शेयर थपिएको छ । आज मंसिर ११ गते नेप्सेमा समता घरेलु लघुवित्त वित्तीय संस्थाको एफपीओ सूचीकृत भएको हो भने बिशाल बजार कम्पनीको नेपाल सरकारको संस्थापक शेयर वापतको शेयर सूचिकृत भएको हो ।

विशाल बजार कम्पनीको ३ करोड ९६ लाख ८ हजार ६ सय कित्ता नेपाल सरकारको संस्थापक शेयर सूचिकृत भएको हो भने समता घरेलु लघुवित्त वित्तीय संस्थाको ३ लाख ५० हजार ९०४ दशलमव २५ कित्ता शेयर सूचिकृत भएको हो ।