Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

साढे २२ लाख कित्ता आईपीओ निष्काशन गर्न गार्डियन माइक्रो लाइफले पायो अनुमति

२०८१ मंसिर १० गते

बैंकिङ खबर/गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशनको लागि धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ।

इन्स्योरेन्सले २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशनका लागि अनुमति पाएको हो।

कम्पनीले बोर्डबाट मंसिर ७ गते सार्वसाधारणलाई सेयर बिक्री गर्ने अनुमति प्राप्त गरेको छ। इन्स्योरेन्सले कुल पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको हो।

कम्पनीले आईपीओ निष्काशनका लागि धितोपत्र प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ।