Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

जेबिल्स फाइनान्सका सेयरधनीलाई खुसीको खबर : १२.५ प्रतिशत बोनसपछि शतप्रतिशत हकप्रद

२०७३ मंसिर १९ गते
सेयर:

jebilsजेबिल्स फाइनान्स लिमिटेडका सेयरधनीले १२.५ प्रतिशत बोनस सेयर पाउने भएका छन् । कम्पनीको गत शुक्रबार बसेको सञ्चालक समितिको १२८ औँ बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सो अनुपातमा बोनस सेयर दिने प्रस्ताव अघि सारेको हो । कर प्रयोजनका लागि सेयरधनीले ०.६५७९ प्रतिशत नगद लाभांश पनि पाउनेछन् । प्रस्तावित लाभांश नोपाल राष्ट्र बैंकबाट स्विकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् । 

त्यस्तै, कम्पनीले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर पनि निष्काशन गर्ने भएको छ । बैंकको शनिबार बसेको सञ्चालक समितिको १२९ औँ बैठकले बोनस सेयरपछि कायम हुने चुक्तापुँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । 

हाल जेबिल्स फाइनान्सको चुक्तापुँजी २५ करोड ६ लाख ८५ हजार रुपैयाँ छ । १२.५ प्रतिशत बोनस सेयर वितरण गरेपछि कम्पनीको पुँजी २८ करोड २० लाख रुपैयाँ नाघ्नेछ । उक्त पुँजीबाट शतप्रतिशत हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी ५६ करोड ४० लाख रुपैयाँ नाघ्नेछ ।