
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका अनुसार, कात्तिक २० गतेसम्म बैंक तथा वित्तीय संस्थाले ६६ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाबाट ५२ खर्ब ७६ अर्ब रुपैयाँ ऋण प्रवाह भएको छ ।
बैंक तथा वित्तीय संस्थाले कात्तिक २० गतेसम्मको निक्षेप संकलनको आधारमा ५९ खर्ब ७६ अर्ब रुपैयाँ लगानी गर्न सक्छन् । किनभने राष्ट्र बैंकले कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गरेको छ । कात्तिक २० गतेसम्म सीडी रेसियो ७८.१२ प्रतिशत छ ।


