काष्टमण्डप डेभलपमेन्ट बैंकले बोनस सेयर जारी गर्न नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको छ । बैंकले २३.३७ प्रतिशत बोनस सेयर जारी गर्न विहीबार अनुमति पाएको हो । बोनस सेयरसँगै बैंकले कर प्रयोजनका लागि १.२३ प्रतिशत नगद लाभांश पनि वितरण गर्नेछ । उक्त बोनस सेयर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । हाल काष्टमण्डपको चुक्तापुँजी ६७ करोड ९८ लाख रुपैयाँ छ । बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी झन्डै ८४ करोड रुपैयाँ पुग्नेछ ।
क्यापिटल मार्केट
