Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

पहिलो त्रैमासमा २ वाणिज्य बैंकलाई राष्ट्र बैंकको कारबाही

२०८१ कार्तिक ७ गते

बैंकिङ खबर/ चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ वटा वाणिज्य बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन्।  नियम उल्लंघन गर्ने दुई बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको हो।

राष्ट्र बैंकले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई बैंक खाता खोल्दा/सञ्चालन गर्दा बैंकबाट पर्याप्त सावधानी अपनाएको नदेखिएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) को (क) अनुसार सचेत गराएको छ।

यसैगरी, लकर रोक्का राख्न राष्ट्र बैंकबाट दिईएको निर्देशन पालना नगरेकाले प्रभु बैंक लिमिटेडलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) (क) अनुसार सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।