Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने तयारीमा थ्रीस्टार हाइड्रोपावर

२०८१ कार्तिक ६ गते

बैंकिङ खबर/थ्रीस्टार हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले हालको चुक्ता पुँजीको १ः१ बराबरको हकप्रद सेयर निष्काशन गर्न विद्युत् नियमन आयोगमा पूर्वस्वीकृति लिन निवेदन दिने निर्णय गरेको हो।

हाल कम्पनीको चुक्ता पुँजी ४९ करोड २५ लाख रुपैयाँ छ। आयोगले अनुमति दिए कम्पनीले सोहीबराबरको हकप्रद सेयर जारी गर्नेछ। त्यसबाट संकलन हुनेमध्ये ३४ करोड २५ लाख रुपैयाँ आयोजना निर्माणका लागि लिएको बैंकको ऋण तथा अन्य दायित्व भुक्तानी गर्ने र बाँकी रहने १५ करोड निको इनर्जी लिमिटेडले बनाइरहेको माथिल्लो भुरुण्डी ए जलविद्युत् (९ मेवा) आयोजनामा स्वपुँजीमा लगानी गर्ने कम्पनीले जनाएको छ। विद्युत् नियमन आयोगले पूर्वस्वीकृति दिएपछि कम्पनीको वार्षिक साधारणसभाले यो प्रस्ताव अनुमोदन गर्नुपर्नेछ।