Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम ६ खर्ब ८६ अर्ब

२०८१ कार्तिक ५ गते

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम ६ खर्ब ८६ अर्ब रहेको छ । असोज मसान्तसम्म बैंकहरूको कर्जा निक्षेप अनुपात ७८.४१ प्रतिशत छ । बैंकहरूले यस्तो अनुपात ९० प्रतिशतसम्म हुने गरी ऋण दिन पाउँछन् ।

त्योअनुसार अझै निक्षेपको ११.५९ प्रतिशतबराबरको रकम बैंकहरूले ऋण दिन पाउँछन् । अहिले वाणिज्य बैंकहरूको कुल निक्षेप ५९ खर्ब २२ अर्ब रुपैयाँ छ । त्यसको ११.५९ प्रतिशत रकम ६ खर्ब ८६ अर्ब रुपैयाँ हुनेछ ।