Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

माछापुच्छ्रे बैंकको साढे १० लाख कित्ता शेयर बिक्रीमा

२०८१ कार्तिक २ गते

बैंकिङ खबर/माछापुच्छ्रे बैंकको साढे १० लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकका संस्थापक शेयरधनी गणेशबहादुर श्रेष्ठको नाममा रहेको १० लाख ५६ हजार ९१७ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनी तथा अन्य व्यक्ति र संस्थाले निवेदन दिन सक्नेछन्।

शेयर खरिदका लागि ७ दिनको म्याद दिइएको छ। इच्छुक लगानीकर्ताले तोकिएको समयभित्र काठमाडौंको सुन्धारास्थित माछापुच्छ्रे क्यापिटलमा निवेदन दिनुपर्नेछ।