Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विकट जिल्ला अछाममा खोल्यो प्रभु बैंकले नयाँ शाखा 

२०७३ मंसिर १६ गते

photoविकट जिल्ला अछाममा प्रभु बैंकले नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । बैंकले UK Aid “सक्षम”को सहकार्यमा बिहीबारदेखि अछामको कमलबजार नगरपालिका वडा नं.८ मा नयाँ शाखा विस्तार गरेको हो । नेपाल राष्ट्र बैंक धनगढी कार्यालयका प्रमुख व्यवस्थापक विश्रुत थापाले एक समारोहका बिच उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् । 

यससँगै, उक्त क्षेत्रका स्थानीय वासिन्दाहरुले सरल र सहज रुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सक्नेछन् । उक्त शाखाबाट सेवा लिनका लागि स्थानीयहरु पनि उत्साहित देखिएका छन् ।