Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

महालक्ष्मीले मालिकाको नाफाबाट ८ प्रतिशत बोनस सेयर दिने

२०७३ मंसिर १६ गते
सेयर:

mahalaxmiमहालक्ष्मी विकास बैंकले आफ्ना सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव अघि सारेको हो । मालिका विकास बैंक, महालक्ष्मी फाइनान्स र सिद्धार्थ फाइनान्स एकाआपसमा गाभिएर बनेको महालक्ष्मी विकास बैंकले तत्कालीन मालिका विकास बैंकको नाफाबाट उक्त बोनस सेयर प्रस्ताव गरेको जनाएको छ । प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

हाल महालक्ष्मी विकास बैंकको चुक्तापुँजी एक अर्ब १६ करोड रुपैयाँ रहेको छ । आठ प्रतिशत बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी सवा एक अर्ब नाघ्नेछ । मुलुकभर ४० वटा शाखा रहेको बैंकले हालसम्म ११ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब ४८ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।