Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कामना सेवा विकास बैंकले एक सय मूल्यमै बिक्रीमा राख्यो ३५ हजार कित्ता संस्थापक सेयर

२०८१ आश्विन १८ गते

बैंकिङ खबर/ कामना सेवा विकास बैंकहरू अंकित मूल्यमै ३५ हजार बढी संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले प्रतिकित्ता सय रुपैयाँका दरले ३५ हजार ५ सय ३४ कित्ता संस्थापक सेयर खरिदका लागि आवेदन मागेको हो।

संस्थापक सेयर किन्न इच्छुक लगानीकर्ताले कम्पनीको धितोपत्र प्रबन्धक प्रभु क्यापिटलमा असोज २१ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले बिक्री गर्ने संस्थापक सेयरधनीको नाम भने खुलाएको छैन।