Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपाली उद्यमीहरू सम्मानित

२०८१ आश्विन १३ गते

बैंकिङ खबर/ मिडिया इन्टरनेसनलले नेपाली उद्यमीहरूलाई सम्मान गरेको छ । इन्टरनेसनलले आयोजना गरेको ‘वित्तीय साक्षरता र उद्यमशीलता’ विषयक राष्ट्रिय कार्यक्रमको समुद्घाटन समारोहमा विभिन्न नेपाली उद्यमीहरूलाई सम्मान गरिएको हो । स्वदेशमै रोजगारी दिने, स्वदेशी कच्चा पदार्थको उत्पादनलाई आधारित मानेर उद्योग स्थापना गर्ने तथा त्यस्तो नेपाली वस्तुको प्रवद्र्धन र व्यवसाय सञ्चालन गर्ने उद्यमीहरूलाई सम्मान गरिएको इन्टरनेसनलले जनाएको छ ।

सम्मानित हुनेहरूमा उद्यमी गीता भुसाल, सगरमाथा आरोही कल्पना महर्जन, पर्यावरण विज्ञ लक्ष्मण गुरुङ, पर्यटन व्यवसायी प्रमिला पाण्डे, कृषि स्मार्ट टेक्नोलोजी विज्ञ राजन गैरे, उद्यमी शोभाकान्त बस्याल, उद्यमी आदित्य शिवाकोटी, उद्यमी देवीमाया आचार्य, सहकारी टेक्नोलोजी विज्ञ गणेशकुमार घिमिरे रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. ढुंगाना तिम्सिनाले उनीहरुलाई सम्मानित गरेकी थिइन् । समाजलाई आर्थिक रुपबाट पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै उनीहरूलाई उक्त सम्मान प्रदान गरिएको हो ।