Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

रुरु जलविद्युतको १५ प्रतिशत बोनस सेयर घोषणा, हकप्रद जारी गर्ने

२०८१ आश्विन १३ गते

बैंकिङ खबर/ रुरु जलविद्युत् परियोजनाले सेयरधनीका लागि १५ प्रतिशत बोनस सेयर र सोका लागि कर प्रयोजनार्थ नगद लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । साथै कम्पनीले १ बराबर ०.८ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

यस कम्पनीको लगानी रहने भोजपुरको पिपुवाखोला जलविद्युत् ४.९ मेगावाट र पिखुवा पशुपति जलविद्युत् आयोजना ४.१ मेगावाटमा स्रोत जुटाउनका लागि हकप्रद निष्कासन गरिने कम्पनीले जनाएको छ ।