Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

घरजग्गा कारोबार : भदौमा उठ्यो पौने ४ अर्ब राजस्व

२०८१ आश्विन ४ गते

बैंकिङ खबर/ घरजग्गा कारोबारबाट भदौमा पौने ४ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । भदौ महिनामा घरजग्गाको कारोबारबाट ३ अर्ब ८३ करोड ५० लाख ८२ हजार रुपैयाँ राजस्व संकलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

विभागका अनुसार यो एक महिनामा १ लाख १५ हजार ६४२ वटा घरजग्गाको कारोबार भएको छ । जसमध्ये ३२ हजार ७९८ वटा घरजग्गाको लिखत पारित भएको छ । ३ हजार ८ सय ८८ वटा घरजग्गाको नामसारी भएको छ भने ३६ हजार ८१९ वटा घरजग्गा रोक्का र २५ हजार २६१ वटा घरजग्गा फुकुवा गरिएको जनाइएको छ । भदौमा २७ हजार ८ सय ४३ कित्ता जग्गाको कित्ताकाट गरेर ६१ हजार ३३२ कित्तामा विभाजन गरिएको छ ।