Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति

२०८१ भाद्र ११ गते

बैंकिङ खबर/नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ऋणपत्र निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले धितोपत्र नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृती पाएको हो ।

कम्पनीले ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्न स्वीकृती पाएको हो । इकाई निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ ।

अब कम्पनीले कुल कित्तामध्ये १६ लाख १६ हजार कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको २४ लाख २४ हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ । कम्पनीले आगामी १० वर्ष सम्मका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्नेछ ।