Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कुमारी बैंकको प्रवर्द्धनमा सञ्चालित ३ म्युचुअल फण्डको लाभांश घोषणा

२०८१ भाद्र ११ गते

बैंकिङ खबर/कुमारी बैंकको कोष प्रवर्द्धनमा सञ्चालन भएका विभिन्न म्युचुअल फण्डका तीन वटा योजनाले लाभांश घोषणा गरेका छन् । कुमारी धनवृद्धि योजनाबाट इकाईधनीले करसहित ९.५० प्रतिशत नगद लाभांश पाउने छन् । जसअनुसार इकाईधनीले लाभांशस्वरुप ११ करोड ६३ लाख रुपैयाँ रकम प्रदान गरिने योजना व्यवस्थापक कुमारी क्यापिटलले बताएको छ ।

त्यस्तै अर्को योजना कुमारी इक्वीटी फण्डले पनि इकाईधनीलाई ९.५० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । यस योजना अन्तर्गत इकाईधनीले ९ करोड ५० लाख रुपैयाँ पाउने छन् ।

त्यस्तै, कुमारी सुनौलो लगानी योजनाले १०.५० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । भदौ १० गतेसम्म कायम इकाईधनीले यो लाभांश पाउने छन् । म्युचुअल फण्डले प्रदान गर्ने नगद लाभांश इकाइधनीको सिधै बैंक खातामा पठाउने पनि कम्पनीले बताएको छ ।