Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

९ अर्बको वैदेशिक लगानी प्रतिबद्धता

२०८१ भाद्र ४ गते

बैंकिङ खबर/साउन महिनामा ९ अर्बको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। चालू आर्थिक वर्षको महिलो महिना अटोमेटिक र म्यानुअल गरी ९ अर्ब १५ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको हो।

अटोमेटिक रुटबाट लगानी भित्रिनेमा सबैभन्दा बढी सूचना प्रविधि क्षेत्रमा छ। कुल ३१ उद्योग दर्ता रहेकोमा २२ वटा सूचना प्रविधि र पर्यटन क्षेत्रका ४ उद्योग र उत्पादकमूलकमा २ वटा उद्योग दर्ता भएका छन्।

उद्योग विभागका अनुसार सेयर खरिदमा ३१ करोड रुपैयाँ प्रतिबद्धता आएको छ। लगानी प्रतिवद्धतामध्ये पर्यटन क्षेत्रमा ७३ प्रतिशत, सेवा क्षेत्रमा १६ प्रतिशत, उत्पादनमूलक क्षेत्रमा ३ प्रतिशत प्रतिबद्धता आएको छ। साउनमा रोयल्टीबापत ६ करोड रुपैयाँ बाहिरिएको छ।