Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

आइडियल यमुना सहकारी प्रकरण : अध्यक्ष केबी उप्रेती जेल चलान

२०८१ श्रावण १७ गते

बैंकिङ खबर/ आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीका संस्थाका अध्यक्ष कृष्णप्रसाद (केबी) उप्रेती जेल चलान भएका छन् । बचतकर्ताको करिब आठ अर्ब हिनामिनाको आरोप लागेका उनलाई जिल्ला अदालत, काठमाडौंले मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

प्रहरीले गत १९ असारमा उनलाई पक्राउ गरेको थियो । उनीविरुद्ध चारवटा छुट्टाछुट्टै मुद्दा दायर भएका छन् । पाँचवटा सहकारी मर्ज भएर गत वर्ष सो संस्था बनेकोमा उप्रेतीलाई अध्यक्ष बनाइएको थियो ।

उप्रेती अध्यक्ष रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, कुयाङ लामा अध्यक्ष रहेको आइडियल यमुना सहकारी, सुकेधारा, हस्त राउत अध्यक्ष रहेको नागरिक कल्याण बहुउदेश्यीय सहकारी, न्युरोड, मनोजकुमार थापा अध्यक्ष रहेको हाम्रो बहुउद्देश्यीय सहकारी संस्था नैकाप र मोहनकुमार लामा अध्यक्ष रहेको घेदुङ बहुउद्देश्यीय सहकारी संस्था, चुच्चेपाटीबीच मर्ज भएको थियो । सबै सहकारीको छुट्टाछुट्टै जाहेरी लिएर प्रहरीले मुद्दा दायर गरेको थियो । सहकारीका अन्य सञ्चालकहरू भने फरार छन् ।