Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

गोर्खाज फाइनान्सका सञ्चालक राईले दिए राजीनामा

२०८१ श्रावण १६ गते

बैंकिङ खबर/ गोर्खाज फाइनान्सका संस्थापक सञ्चालक डेकिन्द्र  कुमार राईले राजीनामा दिएका छन् ।  कम्पनी सञ्चालक समितिको साउन १५ गते बसेको ४९० औं बैठकले राईको राजीनामा स्वीकृत गरेको हो ।

सञ्चालक राईले आफ्नो व्यक्तिगत कार्य व्यस्तताका कारण साउन ११ गते उक्त पदबाट राजीनामा दिएका थिए ।