सिन्धु विकास बैंकको कामु सीईओमा केसी, बाहिरिए गिरी
२०८१ श्रावण १६ गते
बैंकिङ खबर/सिन्धु विकास बैंकबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) राम कुमार गिरी बाहिरिएका छन्। उनले साउन ६ गते पदबाट राजीनामा दिएका थिए।
बैंकको ४३७ औँ बैठकले उनको राजीनमा स्वीकृत गरेको हो। योसँगै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेश कुमार केसीलाई दिइएको छ।