Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपाल एसबिआई बैंकको ६७ हजार कित्ता एफपिओ : प्रिमियम मूल्य कति ?

२०७३ मंसिर ९ गते

नेपाल एसबिआई बैंकले ६७ हजार ७६७ कित्ता एफपिओ जारी गर्ने भएको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा उक्त एफपिओ जारी गर्ने निर्णय गरेको हो । यसका लागि बैंकले प्रिमियम मूल्य ८८४ रुपैयाँ निर्धारण गरेको छ । बैंकले संस्थापक शेयरधनी र साधारण सेयरधनीको स्वामित्व ७०ः३० कायम गर्न उक्त अनुपातमा एफपिओ जारी गर्न लागेको जानकारी दिएको छ । एफपिओ निष्काशन गर्ने अनुमति माग गर्दै एसबिआईले विहीबार नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । गत ३ अक्टोबर अर्थात असोज १७ गते बसेको बैंकको सञ्चालक समितिको ३९८ औँ बैठकले उक्त अनुपातमा एफपिओ जारी गर्ने निर्णय गरेको थियो । 

sbi-bank