Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘आर्थिक तथा वित्तीय अपराध अनुसन्धान ब्यूरो’ स्थापना गरिने

२०८१ श्रावण ६ गते

बैंकिङ खबर/ प्रहरीमा वित्तीय अपराध अनुसन्धान गर्न छुट्टै ब्यूरो गठन गरिने भएको छ ।आर्थिक अपराध अनुसन्धान गर्न ‘आर्थिक तथा वित्तीय अपराध अनुसन्धान ब्यूरो’ स्थापन गर्ने योजना रहेको प्रहरी प्रवक्ता (डीआईजी) दान बहादुर कार्कीले बताए ।

आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘आर्थिक अपराध अनुसन्धान गर्न छुट्टै ब्यूरो गठन गर्ने योजना छ ।’