Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कृषि कर्जाको अनुदान वास्तविक लाभग्राहीले पाउन सकेनन् : पूर्वगभर्नर क्षेत्री

२०८१ असार २३ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले वास्तविक लाभग्राहीले सरकारी सेवा सुविधा र अनुदान पाउन नसकेको बताएका छन् ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २३ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कृषि कर्जामा दिइएको अनुदान वास्तविक लाभग्राहीले भन्दा पनि टठा बाठाहरुले पहुँचको आधारमा दुरुपयोग गरेको धारणा राखे ।

विभिन्न सहुलियत कर्जा लक्षित वर्गमा पुग्न नसकेको उनको भनाइ छ । साथै, नीतिगत स्थायित्वको अभावमा निजी क्षेत्रको मनोबल खस्किँदै गएको र उनीहरुले लगानी गर्न नचाहेको क्षेत्रीले बताए ।