Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

हाइड्रोमा सेयर हाल्न तयार रहनुस् : आउँदैछ युनाइटेड मोदीको १७ लाख कित्ता आईपीओ

२०७३ मंसिर ७ गते

united-modiयुनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले सर्वसाधरण लगानीकर्ताका लागि १७ लाख २५ हजार कित्ता साधारण सेयर(आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा १७ करोड २५ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको ओ । यसका लागि कम्पनीले धितोपत्र बोर्डमा यसै साता आवेदन दिएको जनाएको छ ।

कुश्माको मोदीखोलामा दुईवटा जलविद्युत् आयोजनाको प्रर्वद्धन गरेको कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय बासिन्दालाई सेयर वितरण गरिसकेको छ । कम्पनीले पर्वत जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता साधरण सेयर निष्कासन गरी बाँडफाँड समेत गरिसको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको सेयरलाई इक्रा नेपालले ग्रेड ३ रेटिङ दिएको छ । यो ग्रेडले कम्पनीको सबै पक्षहरू बलियो रहेको संकेत गर्छ ।