Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नोक्सानमा दुई फाइनान्स कम्पनीहरु : कसले भोगे कति घाटा ?

२०७३ मंसिर ६ गते

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा फाइनान्स कम्पनीहरुले पाँच करोड ५० लाख रुपैयाँ घाटा व्यहोरेका छन् । आइतबारसम्ममा वित्तीय विवरण सार्वजनिक गरेका फाइनान्स कम्पनीहरुमध्ये दुई वटा कम्पनीहरुले उक्त घाटा व्यहोरेका हुन् । इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनी यो अवधिमा पाँच करोड २७ लाख रुपैयाँ घाटामा गएको छ भने एभरेष्ट फाइनान्स २३ लाख रुपैयाँ घाटामा गएको देखिएको छ । 

इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स कम्पनी
ilfcoइन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स कम्पनी (आईएलएफसीओ)ले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड २७ लाख रुपैयाँ नोक्सान व्यहोरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४४ लाख रुपैयाँ नाफा कमाएको फाइनान्स चालू आर्थिक वर्षमा घाटामा गएको हो । फाइनान्सको निक्षेप गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा १६ प्रतिशतले घटेर १ अर्ब १३ करोड ९४ लाख रुपैयाँ संकलन भएको छ । कर्जातर्फ कम्पनीले ३३ दशमलव ९१ प्रतिशत घटाएर १ अर्ब ६ करोड ८० लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी गत वर्षको असोज मसान्तको तुलनामा ३४ दशमलव ०९ प्रतिशतले घटेर २ करोड ९३ लाख रुपैयाँ पुगेको छ भने संचालन ७९ लाख रुपैयाँ घाटमा रहेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीको संचालन ६९ लाख रुपैयाँ मुनाफामा रहेको थियो । असोज मसान्तसम्ममा फाइनान्सको निष्कृय कर्जा १७ दशमलव ५६ प्रतिशत र जोखिमयुत्त, सम्पत्ति १ सय ३७ दशमलव ५४ प्रतिशत रहेको छ ।

एभरेष्ट फाइनान्स लिमिटेड
everestचालू आर्थिक वर्षको पहिलो त्रैमासमा एभरेष्ट फाइनान्स लिमिटेड घाटामा गएको छ । फाइनान्सलाई २३ लाख रुपैयाँ नोक्सान भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १३ लाख रुपैंया मुनाफामा रहेको फाइनान्स चालू आवमा सञ्चालन मुनाफामा गिरावट आएपछि नोक्सानमा गएको हो । १५ करोड ७४ लाख रुपैयाँ चुक्ता पुँजी भएको फाइनान्सको खुद व्याज आम्दानी बढेपछि सञ्चालन मुनाफा नोक्सानमा गएपछि समग्र मुनाफा नै प्रभावित बनेको देखिन्छ । यो अवधिमा फाइनान्सको खुद व्याज आम्दानी २० दशमलव १० प्रतिशतले बढेर ९९ लाख रुपैयाँ पुगेको छ । यता, सञ्चालन मुनाफा भने २४ लाख रुपैयाँ नोक्सानमा रहेको छ । एभरेष्टले निक्षेप संकलनमा भने प्रगति गरेको छ । असोज मसान्तसम्ममा फाइनान्सले १ अर्ब ३४ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । जुन, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.३१ प्रतिशत बढी हो । त्यस्तै, कर्जातर्फ फाइनान्सले १ अर्ब १० करोड १६ लाख रुपैयाँ लगानी गरेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा फाइनान्सले ९० करोड ३९ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । फाइनान्सको प्रतिशेयर नेटवर्थ १ सय १४ दशमलव ५८ रुपैयाँ र तरलता अनुपात २६ दशमलव ८१ प्रतिशत रहेको छ । त्यस्तै, निष्कृय कर्जा शुन्य दशमलव ८४ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति १५ दशमलव ०५ प्रतिशत रहेको छ ।