Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

घुस प्रकरणः राष्ट्र बैंकका पूर्वसञ्चालक कर्णलाई उपस्थित हुन आयोगको निर्देशन

२०८१ जेष्ठ २३ गते

बैंकिङ खबर/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस मागेको आरोप खेपिरहेका राष्ट्र बैंकका पूर्वसञ्चालक सुबोध कुमार कर्णलाई उपस्थित हुन निर्देशन दिएको छ। आयोगले सञ्चालक कर्णलाई ३० दिनभित्र महाशाखा नं. २ मा उपस्थित हुन निर्देशन दिएको हो।

अख्तियारले दिएको समयसीमामा उपस्थित नभएको खण्डमा कानुनी कारबाही सुरु गर्ने चेतावनी समेत दिएको छ। सञ्चालक कर्णविरुद्ध व्यावसायिक घरानासँग रकम लेनदेनको विषयमा अख्तियारमा उजुरी परेको थियो। आयोगले अनुसन्धान गरिरहेकै बखत दोस्रो पटक पनि सूचना जारी गर्दै उपस्थित हुन निर्देशन दिएको हो।