Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

रहेनन् सिटिजन्स बैंकका डेपुटी सीइओ काफ्ले

२०८१ जेष्ठ २१ गते

बैंकिङ खबर/ सिटिजन्स बैंकका डेपुटी सीइओ पारश काफ्लेको हृदयघातका कारण निधन भएको छ । एक कार्यक्रमका लागि श्रीलंका पुगेका ५० वर्षीय काफ्लेको आइतबार राति निधन भएको बैंकले जनाएको छ ।

गत शुक्रबार स्वास्थ्यमा समस्या आएपछि काफ्लेलाई अस्पताल लगिएको थियो । अस्पताल लगेको २ घण्टामा स्वास्थ्य अवस्था सहज देखिएपछि डिस्चार्ज गरिएको थियो । शनिबार पुनः समस्या देखिएपछि कोलोम्बोस्थित नवलोक अस्पतालमा लगिएको थियो ।

परीक्षणका क्रममा उनको मुटुमा समस्या देखिएको थियो । उनको उपचारका क्रममा आइतबार अट्याक आएर निधन भएको बैंकले जनाएको छ । काफ्लेको पार्थिक शरीर  नेपाल ल्याउनको लागि आवश्यक प्रक्रिया शुरु गरिएको जनाइएको छ ।

तीन दशक लामो बैंकिंग गरियर भएका काफ्ले ट्रेड फाइनान्स, क्रेडिट अपरेशन, ब्राञ्च म्यानेजमेन्ट, रिलेशनसिप म्यानेजमेन्ट, अपरेशनल रिस्क म्यानेजमेन्ट एन्ड कम्प्लाइन्समा दख्खल मानिन्थे ।