Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंक तथा सहकारीको धितो रोक्का अनलाइन हुने

२०८१ जेष्ठ १५ गते

बैंकिङ खबर/ भूमि प्रशासन अभिलेख डिजिटलाइज गरी जग्गाधनीको पहुँच पुर्‍याउने घोषणा सरकारले गरेको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८१ को बजेट प्रस्तुत गर्दै बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाबाट पेस हुने रोक्का तथा फुकुवा अनलाइन सञ्चालन गर्ने बताए ।

भूमिहीन, दलित, सुकमबासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थान गर्न ५ लाख परिवारलाई जग्गाधनी प्रमाणपत्र उपलध गराउने उनले घोषणा गरे ।