Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपालका भारु सटहिका लागि भारत सरकारद्धारा कार्यदल गठन

२०७३ मंसिर १ गते

governersनेपाल र भूटानमा रहेका  ५०० र १००० का भारु सटहिबारे समस्या हल गर्न भारत सरकारले एक कार्यदल गठन गरेको छ। भारतीय सरकारले रिजर्भ बैंक अफ इण्डियाको संयोजकत्वमा कार्यदल गठन गरेको हो । नेपालमा रहेका भारु तथा भुटानमा रहेका भारु सटहिका लागि उक्त समितिले अध्ययन गरी एक प्रतिबेदन तयार गर्ने छ । सो का आधारबाट नेपालमा रहेका तथा भूटानमा रहेका १ हजार र ५ सयका नोट कति मात्रामा साट्ने भन्ने कुरा भा्रत mसरकारले आधिकारीक निर्णय गर्ने छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले नेपालमा रहेका भारु सटहिका बारे रिजर्भ बैंक अफ इण्डिया (आरबिआइ) का गभर्नर उर्जित पटेलसँग बुधबार साँझ पनि यसबारे टेलिफोन बार्ता गरेका थिए । सो क्रममा आरबिआइका गभर्नर उर्जित पटेलले छिट्टै समस्या समाधान गर्ने बताउँदै त्यसका लागि कार्यदल गठन गरिएको बताएका छन् ।