Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सिटी एक्सप्रेसमा एकैपटक नेतृत्व तहका तीन कर्मचारी नियुक्त       

२०७३ मंसिर १ गते

city-expressसिटी एक्सप्रेस मनी ट्रान्सफरले माथिल्लो तहका केहि कर्मचारीहरु थप गरेको छ । कम्पनीले जेनेरल मेनेजर, ब्राण्ड प्रमुख र आईटी विभाग प्रमुख पदमा कर्मचारी थप गरेको हो ।

कम्पनीको जेनेरल म्यानेजरमा अजेश कोइराला नियुक्त भएका छन् । उनी बिगत चार वर्षदेखि ग्लोबल आई.एम.ई बैकमा रेमिट्यान्स प्रमुख थिए । उनी अन्तराष्ट्रिय रेमिट्यान्स क्षेत्रमा विगत एक दशकदेखि परिचित व्यक्ति हुन् ।

त्यस्तै, कम्पनीले ब्राण्ड प्रमुखमा संदेश कट्वाललाई नियुक्त गरेको छ । उनी बिगत ८ बर्षदेखि नेपाली मिडिया क्षेत्रमा कार्यरत व्यक्रि हुन् । उनीसँग कान्तिपुर ग्रुपको बाण्ड म्यानेजरको तीन वर्षे अनुभव छ ।

त्यसैगरी, आई.टी बिभाग प्रमुखमा कम्पनीले रबि शाक्यलाई नियुक्त गरेको छ । शाक्य बिगत सात बर्षदेखि एभरेष्ट बैक लिमा आई.टी सुपरभाइजरका रुपमा कार्यरत थिए ।