Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

फस्ट माइक्रोफाइनान्सको चौधौं साधारण सभा सम्पन्न

२०८० पुष २९ गते

बैंकिङ खबर/ फस्ट माइक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था लि.ज्ञानेश्वर काठमाडौंको चौधौं साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष सुरेन्द्र राज रेग्मीले प्रस्तुत गरेको सञ्चालक समितिको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

त्यसैगरी नेपाल वित्तीय प्रतिवेदन मान बमोजिम तयार गरिएको बार्षिक वित्तीय विवरण सहितको लेखापरीक्षण प्रतिवेदन समेत पारित गरेको छ । उक्त सभाले आ.व २०७९।०८० को मुनाफावाट शेयरधनीहरुलाई संस्थाको चुक्ता पूँजीको ७.५ प्रतिशत वोनस शेयर र ७.५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।