Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शुभेच्छालाई गाभेको गरिमा विकास बैंकको सेयर कारोबार खुल्यो

२०७३ कार्तिक २९ गते
सेयर:

garimaशुभेच्छा विकास बैंकलाई गाभेको गरिमा विकास बैंकको सेयर कारोबार सोमबारदेखि खुलेको छ । गरिमाको कारोबार जिबिबिएल टे«ड्रिङ कोडमा हुने नेप्सेले जनाएको छ । 

भरतपुरको चितवनमा केन्द्रीय कार्यालय रहेको शुभेच्छा र पोखरामा केन्द्रीय कार्यालय रहेको गरिमा बैंकले मर्जर सकेर गत असोज ४ गतेदेखि एकिकृत कारोबार थालेका थिए । यी दुई बैंक गाभिाएपछि बनेको गरिमा विकास बैंकको चुक्तापूँजी एक अर्ब ८ करोड रुपैयाँ पुगेको छ । 

मर्जरमा जानु अघि नेप्सेमा गरिमा बैंकको प्रतिसेयर ३७० रुपैयाँ तथा शुभ्भेच्छाको प्रतिकित्ता ३४९ रुपैयाँमा अन्तिम पटक सेयर किनबेच भएको थियो ।