नेपाल राष्ट्र बैंकले वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडलाई बोनस सेयर वितरण गर्न स्विकृति प्रदान गरेको छ । वोमीले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.११ प्रतिशत नगद लाभांश वितरण गर्ने स्विकृति माग गर्दै राष्ट्र बैंकमा निवेदन दिएको थियो । वोमीले गत आर्थिक वर्षको मुनाफाबाट उक्त अनुपातमा लाभांश वितरण गर्न लागेको हो । उक्त लाभांश कम्पनीको आगामी साधारसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।
